बुधबार यी कम्पनीको शेयरमूल्य बढ्यो
१५ भाद्र २०७९, बुधबार १५:११

काठमाडौं । बुधबार शेयरबजारमा २१.९७ अंकको गिरावट आएको छ । नेप्से सूचक घटेसँगै कारोबार रकम समेत एक अर्बमा सीमित हुन पुगेको छ ।
नेप्से सूचक घटेपनि केही कम्पनीहरुको शेयरमूल्य भने बढ्न पुगेको छ । आज सर्वाधिक शेयरमूल्य बढ्ने कम्पनीमा आरबिवि म्युचुअल फण्ड–१ रहेको छ । फण्डको इकाईमूल्य आज १.९७ प्रतिशतले बढेको छ ।
त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्रको १.९४ प्रतिशत, उन्नती सहकार्य लघुवित्तको १.६१ प्रतिशत, गणपति लघुवित्तको १.४० प्रतिशत र दोर्दी खोला हाइड्रोपावरको १.२५ प्रतिशतले शेयरमूल्य बढेको छ ।














