क्यूएफक्स सिनेमाज र डिजिटल भुक्तानी सेवा प्रदायक खल्तीबीच मुभी टिकेट खरिदका लागि सहकार्य

१५ भाद्र २०७९, बुधबार १९:३१

काठमाडौं । क्यूएफक्स सिनेमाज र डिजिटल भुक्तानी सेवा प्रदायक खल्तीबीच मुभी टिकेट खरिदका लागि सहकार्य भएको छ । यसअघि क्यूएफएक्सको आधिकारिक साइट तथा एपबाट मात्रै टिकट लिन सकिन्थ्यो । अब भने खल्ती एप्सबाट टिकट काट्न सकिनेछ ।

अब भने सोझै खल्ती एपबाट देशभरका कुनै पनि क्यूएफएक्स सिनेमा हलमा लागेका चलचित्रका लागि टिकेट लिन सकिन्छ । पुल्चोकस्थित लबिम मलमा रहेको क्यूएफएक्स हलमा बुधबार आयोजित कार्यक्रममा उक्त सहकार्य भएको हो ।खल्तीबाट क्यूएफएक्स सिनेमा हलमा लागेका फिल्मको टिकेट लिँदा क्यूएफएक्सको लोयल्टी पोइन्ट र खल्ती पोइन्ट प्राप्त गर्न सकिने बताइएको छ । यो सेवा खल्तीमा भाद्र १ गतेबाट लाइभ गरिएको थियो ।

कार्यक्रममा बोल्दै खल्ती डिजिटल वालेटका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “हरेक नेपालीको जीवनयापनमा सारथी बन्नु हाम्रो उद्देश्य हो । यसै अन्तर्गत क्यूएफएक्ससँग सहकार्य गर्न पाउँदा रोमाञ्चित छौँ । हाम्रो यस सहकार्यले खल्ती प्रयोगकर्ता र चलचित्रप्रेमीलाई लाभ पुग्ने विश्वास राखेका छौं ।”

यसै सहकार्यलाई लिएर क्यूएफएक्स सिनेमाजको सञ्चालक कम्पनी टिम क्वेट्सकी महाप्रबन्धक प्रशंसा पाण्डेले भनिन्, “हामी ग्राहकको अनुभवलाई उत्कृष्ट बनाउने कुरामा केन्द्रित छौँ । यसबाट चलचित्र दर्शकहरू लाभान्वित हुने अपेक्षा लिएका छौँ ।”

खल्तीका सहसंस्थापक अमित अग्रवालले प्रयोगकर्ताको डिजिटल अनुभवलाई विस्तार गर्नको लागि क्यूएफएक्ससँग सहकार्य गरिएको बताउँदै आगामी दिनमा टिकट काट्ने बाहेक अन्य सेवामा पनि सहकार्य गरिने जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*