पठाओले गर्यो राइडर र फुडम्यानहरूलाई बाइकमा मोबाइल स्ट्यान्ड नराख्नन आग्रह
१५ भाद्र २०७९, बुधबार १९:४०

पठाओले आफ्ना राइडर र फुडम्यानहरूलाई बाइकमा मोबाइल स्ट्यान्ड नराख्नन आग्रह गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पठाएको सूचना पालना गर्दै कम्पनीले आफ्ना राइडरलाई अबदेखि मोबाइल स्ट्यान्ड नराख्न आग्रह गरेको हो ।
“नेपाल सरकारको प्रचलित कानूम बमोजिम निर्माण भइसकेको बाइकमा केही कुरा थप्नु वा हटाउनु बाइकको स्वरुप परिवर्तन गरेको हो र सोही कारण बाइकमा राखिएका मोबाइल स्ट्याण्ड हटाउन भनी केही दिन अगाडि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट हामीलाई सूचना प्राप्त भएको थियो,” पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिंह बस्नेतले भने, “प्रहरीको आदेश बमोजिम उक्त सूचना हाम्रा राइडर र फुडम्यान साथीहरूलाई गत सोमबारदेखि जानकारी गराएका छौँ ।”













