राधी विद्युत कम्पनीले असोज ५ गतेदेखि ९५ लाख कित्ता हकप्रद जारी गर्ने

१६ भाद्र २०७९, बिहीबार १०:१२

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले असोज ५ गतेदेखि हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले भदौ १० गतेसम्म कायम शेयरधनीहरुका लागि हकप्रद जारी गर्न लागेको हो ।

कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १.४७५२ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो । यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका ९५ करोड ३५ लाख ७६ हजार ९९ रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७६०.९९ कित्ता हकप्रद जारी गर्नेछ ।

हकप्रद निष्काशनका लागि कम्पनीले भदौ १२ गते शेयर बुकक्लोज गरेको थिया । यसअनुसार भदौ १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयर सफ्टवेयर मार्फत असोज २५ गतेसम्म आवेदन दिन पाउनेछन् ।

हाल ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाँ ५० पैसा रहेको यस कम्पनीको चुक्ता पूँजी हकप्रद निष्काशनपछि १ अर्ब ५९ करोड ९९ लाख ८० हजार ७२१ रुपैयाँ ५० पैसा पुग्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*