एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को इकाई बाँडफाँड

१६ भाद्र २०७९, बिहीबार १०:३०

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडको एमएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२ को इकाई बाँडफाँड गरिएको छ ।

कम्पनीले साउन २६ गतेदेखि भदौ ९ गतेसम्म सार्वजनिक निष्काशन गरेको उक्त फण्डमा मागभन्दा बढी आवेदन परेकाले योजनाको आकार २१ लाख इकाई बृद्धि गरी १२ करोड २१ लाख कायम गरिएको र सो बमोजिम रितपूर्वक आवेदन दिने आवेदकहरुलाई आवेदन गरेबमोजिम १० करोड ३७ लाख ८१ हजार २० इकाई बाँडफाँड गरिएको हो ।

साथै १४ प्रतिशत कोष प्रबद्र्धक एनएमबि बैंकलाई १ करोड ७० लाख ९४ हजार इकाई र योजना व्यवस्थापक एनएमबि क्यापिटललाई १.००३ प्रतिशत अर्थात १२ लाख २४ हजार ९८० इकाई गरी कुल १२ करोड २१ लाख इकाईहरु भदौ १५ गते बाँडफाँड गरिएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*