नेप्सेकोद्धारा सूचीकृत कम्पनीलाई वित्तीय विवरण पेश गर्न निर्देशन
१६ भाद्र २०७९, बिहीबार १८:४१

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले सूचीकृत कम्पनीहरुलाई वित्तीय विवरण पेश गर्न निर्देशन दिएको छ ।
नेप्से सूचीकृत कम्पनीलाई वार्षिक तथा त्रैमासिक वित्तीय विवरणको विद्युतीय प्रति पेश गर्न निर्देशन दिएको हो । धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार सूचीकृत संगठित संस्थाहरुले वार्षिक तथा त्रैमासिक वित्तीय विवरण विद्युतीय प्रति पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।
नेप्सेले तोकिएको समयभित्रमा वार्षिक तथा त्रैमासिक वित्तीय विवरण पेश नगरेमा नियमअनुसार कारबाही गरिने पनि जानकारी गराएको छ ।














