शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकद्धारा पुरानो लाभांश बुझिलिन आग्रह

१७ भाद्र २०७९, शुक्रबार ०९:३२

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई पुरानो लाभांश बुझिलिन आग्रह गरेको छ । बैंकले साधारण सभाबाट पारित भएको नगद लाभांश ५ वर्ष वितिसक्दा पनि शेयरधनीले बुझिनलिएकोमा उक्त नगद लाभांश लिन आग्रह गरेको हो ।

बैंकले (साविक रेसुङ्ग विकास बैंक र पूर्णिमा विकास बैंक लिमिटेड समेत) को शेयरधनीहरुले २०७५ असोज ३१ गतेभित्र बैंकको केन्द्रीय कार्यालय तथा शाख कार्यालयहरु वा शेयर रजिष्ट्रार एनआइबिएलएस क्यापिटल लिमिटेड, केन्द्रीय कार्यालय वा शाखा कार्यालयहरुमार्फत् आफ्नो नगद लाभांश पुर्जा बुझिलिन सक्नेछन् ।

साथै उक्त नगद लाभांश सम्बन्धित शेयरधनीहरुले बुझिलिन नआएको खण्डमा उक्त रकम अर्थात लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्न पठाइने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*