समीट लघुवित्तको केन्द्रीय कार्यालय स्थानान्तरण
१७ भाद्र २०७९, शुक्रबार ०९:३९

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडले केन्द्रीय कार्यालय स्थानान्तरण गरेको छ । लघुवित्तले गोरखा जिल्ला, गोरखा नगरपालिका वडा नं. १३ मा रहेको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. १० मा स्थानान्तरण गरेको हो ।
लघुवित्तले नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त अनुसार भदौ १८ गते संस्थाको केन्द्रीय कार्यालय काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. १० मा स्थानान्तरण गरी सोही स्थानबाट केन्द्रीय कार्यालयका दैनिक कार्यहरु संचालन गर्ने जनाएको छ ।












