माथिल्लो मैलुुङ खोला हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने, असोज ९ गते डाक्यो साधारण सभा

काठमाडौं । माथिल्लो मैलङु जलविद्युुत लिमिटेडले नवौ वार्षिक साधारण सभा असोज ९ गते अकामा होटेल, धुम्बाराही काठमाडौंमा गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको भदौ १२ गते बसेको बैठकले सो निर्णय गरेको हो ।
उक्त सभाले कम्पनीको आइपीओ निश्कासन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याएको शेयर बिक्री तथा बाँडफाँड गर्ने, कम्पनीको शेयरको सर्वाजनिक निष्काशनबाट प्राप्त हुने रकमको उपयोग सम्बन्धि वित्तिय योजना तथा रणनीति तयार गर्नेछ ।
त्यस्तै सोही सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरेर पारित गर्ने, सोही आवको नाफा नोक्सान हिसाव तथा नगद प्रवाह वित्तिय विवरणसँग सम्बद्ध अनुसुचिहरु समेत छलफल गरी पारित गर्ने र संस्थापक शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने १ जना महिला सञ्चालकको नियक्ती गर्ने लगायतका प्रस्ताव पारित गर्ने छन् ।












