कुमारी बैंक ‘एक्सिलेन्स इन ई–कमर्स बिजनेस–२०२२’ अवार्डबाटसम्मानित

१८ भाद्र २०७९, शनिबार १०:५२

काठमाण्डौ । कुमारी बैंक ‘एक्सिलेन्स इन ई–कमर्स बिजनेस–२०२२’ अवार्डबाट सम्मानित भएको छ।

भिसा इन्टरनेसनलद्वारा आयोजित ‘लिडर्स कन्क्लेभ पेमेन्ट्स इनोभेसन अफ डिजिटल नेपाल’ सम्मेलनमा कुमारी बैंक उक्त अवार्डबाट सम्मानि भएको हो। यो अवार्ड कुमारी बैंकलाई अभिनव उत्पादन र कार्ड भुक्तानी उद्योगमा उच्चतम ई–कमर्स व्यवसायको मात्रा हासिल गरेकोमा प्रदान गरिएको हो।

आफ्नो स्थापनाकालदेखि नै बैंकिङ सेवासुविधामा आधुनिक डिजिटल प्रणालीलाई आत्मसाथ गर्दै अघि बढेको र आगामी दिनहरुमा पनि आफ्ना सेवाहरुको प्रभावकारिता तथा पहुँच वृद्धिका लागि आफ्नो डिजिटल सामथ्र्य सुदृढीकरणमा दत्तचित्त भएर अघि बढ्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ।

हाल कुमारी बैंकले आफ्ना देशव्यापी १९८ शाखा सञ्जाल, १९४ एटीएम, ५० शाखारहित बैंकिङ इकाइ तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएकोे र आगामी दिनमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लग्ने प्रतिबद्धता कुमारी बैंकले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*