वर्किङ क्यापिटलकाे नाममा भइरहेकाे कर्जा दुरूपयाेग राेक्छाै, गभर्नर अधिकारीले भने ‘याे विकृति कहिलेसम्म पाल्ने ?’

१८ भाद्र २०७९, शनिबार १२:०५

काठमाडाै । नेपाल राष्ट्र बैकका गभर्नर महा प्रसाद अधिकारीले वर्किङ क्यापिटलकाे नाममा ओभर फाईनान्सिङ भइरहेकाे बताउँदै यस्ताे विकृति राेकेरै छाेड्ने प्रतिबद्दता जनाएका छन् । गभर्नर अधिकारीले यसबारे वास्तविक कुरा ठूलादेखि साना व्यवसायी सबैले बुझ्नुपर्ने बताए ।गभर्नर अधिकारीले वर्किङ क्यापिटल सम्बन्धी व्यवस्था साना ऋणीहरूकाे लागि याे व्यवस्था लागू नहुने बताए । ‘५० लाखभन्दा बढि दुई कराेड सम्मकाे कर्जामा छुट्टै व्यवस्था गरिएकाे छ । दुइ कराेड भन्दा बढि कर्जा मात्रै याे व्यवस्था लागू गरिएकाे छ ।’

‘याे बिकृति सधै बाेकेर बस्ने त हामीले ?’ गभर्नर अधिकारीले भने ।गभर्नर अधिकारीले तरलता समस्या उद्याेगी व्यवसायीहरूले कमाएकाे रकम तिर्ने हाे भने तरफता समस्या तत्कालै हल हुन सक्ने  बताए । ‘बैंककाट लिएकाे ऋण कमाउनकाे लागि लगिएकाे हाे । कमाउछु भनेर लगेकाे पैसाले कमाएकाे रकम कस्ताबन्दीमा तिर्नुभयाे भने तरलता समस्या हल गर्न गाह्राे छैन ।’ सेजनकाे बार्षिक साधारणसभामा गभर्नर अधिकारीले भने ।

गभर्नर अधिकारीले आर्थिक अवस्था सुधारकाे दिशामा अघि बढेकाे भएपनि सचेतता अपनाउनु पर्ने अवस्था रहेकाे बताए। ‘हामी मूल्यकाे चपेटामा परेका छाै । मूल्यस्थितिकाे दवाव परेकाे हाे । हामीले माैद्रिक नीतमार्फत नियन्त्रण गर्न खाेजेका छाै । केही आयात राेकिएकाे छ। खुल्ला हुँदै पनि छ । केही सहजता फिल गर्दैछाै । सचेतता अपनाउनु पर्ने छ । पूर्ण रूपमा आयात खाेल्ने अवस्था पनि छैन । शत प्रतिशत मार्जिन विस्तारै खुल्ला गर्दैछाै । रेमिट्यान्स बढेकाे छ । पर्यटक आगमन बढेकाे छ। त्यसैले केही आशा पक्कै जगाएकाे छ।’ अधिकारीले भने ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*