रिडी हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी हुन आज सर्वाधिक कारोबार हुने टप कम्पनी
१९ भाद्र २०७९, आईतवार १५:०५

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा सामान्य अंकको सुधार देखिएको छ । उतारचढावकाबीच नेप्से सूचक आज ६.६८ अंकले बढेर १९७७ को विन्दुमा कायम हुन पुगेको छ ।
नेप्सेमा सामान्य सुधार देखिएपनि कारोबार रक भने खासै उत्साहजनक देखिएको छैन । आज शेयरबजारमा जम्मा एक अर्बको मात्रै कारोबार हुन पुगेको छ । सो रकम बराबरको काराबोर हुँदा सर्वाधिक रिडी हाइड्रोपावरको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन ८ करोड ९१ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
त्यस्तै, एनटिसीको ६ करोड ५३ लाख, नबिल बैंकको ६करोड ३० लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ५ करोड ७८ लाख र हिमालय डिस्टिलरीको ३ करोड ९ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।














