एनआइबिएल प्रगति फण्डद्धारा लाभांश प्रयोजनार्थ बुकक्लोजको मिति तय

२० भाद्र २०७९, सोमबार १०:४७

काठमाडौं । एनआइबिएल एस क्यापिटल लिमिटेडको एनआईबिएल प्रगति फण्डले लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज मिति तोकेको छ ।

फण्डले भदौ २९ गते बुकक्लोजको मिति तय गरेको छ । यस अनुसार भदौ २८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले फण्डको लाभांश प्राप्त गर्न सक्नेछन् ।

फण्डले गत आर्थिक वर्ष २०७८।७९ को लागि आफ्ना इकाईधनीहरुलाई ४.२० प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*