सानिमा माई हाइड्रोपावरद्धारा लाभांश प्रस्ताव, बुकक्लोजको मिति तय
२१ भाद्र २०७९, मंगलवार ११:०६

काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत अािर्थक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८।७९ को मुनाफाबाट ५.२६३२ प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
सो अनुसार कम्पनीले १६ करोड २५ लाख ९२ हजार १ सय ५८ रुपैयाँ बराबरको नगद बितरण गर्नेछ । कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुनेछ ।
उक्त प्रस्तावित लाभांश पारितका लागि कम्पनीले कार्तिक २ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज १२ गते बुक क्लोज गर्ने भएको छ । जसअनुसार असोज ११ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँनेछन् ।














