ह्वातै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैछ कारोबार ?
२१ भाद्र २०७९, मंगलवार ११:१०

काठमाडौं । नेपाली बजारमा आज सुन प्रतितोला ३ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९४ हजार रूपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदी आज प्रतितोला ११ सय २५ रुपैयाँ कायम भएको छ ।
सोमवारका दिन नेपाली बजारमासुन प्रतितोला १ सय रुपैयाँले र चाँदीको मूल्य तोलामा ५ रुपैयाले बढेको थियो ।













