एफपीओ निष्काशनको लागि सेबोनको पाईपलाइनमा पाँच लघुवित्त, कुनको कति?

काठमाडौं । ५ वटा लघुवित्त वित्तीय संस्था लिमिटेड एफपीओ निष्काशनको तयारीमा रहेको छ । किसान, मिर्मिरे, युनिक नेपाल, उन्नती सहकार्य र समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन पेश गरेका छन् ।
यी पाँच लघुवित्तले गत वर्षमा नै एपपीओ जारी गर्नको लागि बोर्डसँग अनुमति मागेपनि हालसम्म कुनै लघुवित्तले पनि एफपीओे निष्काशनको अनुमति पाएका छैनन् । कुल ६ वटा लघु्वित्तले एफपीअो निष्काशनको लागि निवेदन पेश गरेकोमा नयाँ सारथी लघुवित्तको निवेदन बोर्डले अस्वीकृत गरेको छ ।
सोमध्ये किसान लघुवित्तले गत वर्ष असार २९ गते, मिर्मिरे लघुवित्तले कात्तिक २३ गते, युनिक नेपाल लघुवित्तले चैत १७ गते, उन्नती सहकार्य लघुवित्तले चैत २५ गते र समता घरेलु लघुवित्तले चैत २९ गते बोर्डमा निवेदन पेश गरेका हुन् ।
किसान लघुवित्त
किसान लघुवित्तले १२५ रुपैयाँ अंकित मूल्यका १६ करोड २२ लाख ८२ हजार रुपैयाँ बराबरको कुल १२ लाख ९८ हजार २५९ कित्ता एफपीअो निष्काशनको अनुमति माग गरेको हो । कम्पनीले बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलार्य नियुक्त गरेको छ ।
मिर्मिरे लघुवित्त
मिर्मिरे लघुवित्तले अंकित मूल्य प्रतिकित्ता १७७ रुपैयाँ दरका कुल ९१ लाख २३ हजार ९८४ रुपैयाँको एफपीओ निष्काशनको अनुमति मागेको हो । बोर्डबाट अनुमति पाएमा लघुवित्तले कुल ५१ हजार ३१६ कित्ता एफपीओ निष्काशन गर्नेछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रूबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ग लिमिटेड रहेको छ ।
युनिक नेपाल लघुवित्त
युनिक नेपाल लघुवित्तले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ दरका कुल ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ निष्काशनको अनुमति मागेको हो । संस्थाले ३ करोड ७९ लाखब ४२ हजार रुपैयाँ बराबरको एफपीअो निष्काशनका लागि बोर्डमा निवेदन पेश गरेको हो ।
कम्पनीको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
उन्नती सहकार्य लघुवित्त
लघुवित्तले अंकित मूल्य प्रतिकित्ता १५९ रुपैयाँ दरका २ करोड ८३ लाख ७३ हजार ७३७ रुपैयाँ बराबरको कुल एक लाख ७८ हजार ४५१ कित्ता एफपीओ निष्काशनको लागि बोर्डमा निवेदन दिएको हो । कम्पनीको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
समता घरेलु लघुवित्त
लघुवित्तले अंकित मूल्य १५९ रुपैयाँ ७ पैसाका दरका ४ करोड ६० लाख ४१ हजार २२० रुपैयाँ दरका कुल २ लाख ८९ हजार ४४० कित्ता एफपीओ निष्काशनको अनुमति मागेको हो । कम्पनीको बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैकिङ्ग लिमिटेड रहेको छ ।













