हिमाल दोलखा हाइड्रोपावरको नयाँ संचालक समिति गठन

२१ भाद्र २०७९, मंगलवार १४:१८

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको नयाँ संचालक समिति गठन भएको छ । कम्पनीको भदौ १९ गते सम्पन्न भएको वार्षिक साधारणबाट संस्थापक समूह र सर्वसाधारण समूहतर्फबाट नयाँ संचालकहरु निर्विरोध निर्वाचित भएका हुन् ।

संस्थापक समूहतर्फबाट प्रतिनिधित्व गर्ने रञ्जना दाहाल, जितेन्द्र श्रेष्ठ र राजन श्रेष्ठ रहेका छन् भने सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्नेमा बिनोद बालाखे र श्यामनाथ कायस्थ निर्वाचित भई पाँच जनाको संचालक समिति गठन भएको हो । साधारणसभाबाट पाँच जना संचालकहरु अगामी ४ वर्षका लागि निर्वाचित भएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*