१०.१५ प्रतिशत ब्याजदर भएको प्राइम बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

२१ भाद्र २०७९, मंगलवार १४:३१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्राइम कमर्सियल बैंकको ऋणपत्र सूचीकृत भएको छ । १०.१५ प्रतिशत ब्याजदर भएको बैंकको ऋणपत्र आज ‘पीबीडी८४’ सिम्बोलबाट सूचीकृत भएको हो ।

पाँच वर्षे अवधि तथा वार्षिक १०.१५ प्रतिशत ब्याजदर भएको ‘१०.१५% प्राइम डिबेञ्चर २०८४’ डिबेञ्चर सूचीकृत भएको हो । बैंकको अंकित मूल्य १००० रुपैयाँ दरका ५० लाख कित्ता ऋणपत्र आज सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त ऋणपत्र भोलिदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*