कुमारी क्यापिटलको बार्षिक साधारणसभा सम्पन्न
२२ भाद्र २०७९, बुधबार ०६:३९

काठमाडौं । कुमारी क्यापिटलको चौथो बार्षिक साधारणसभा सम्पन्न भएको छ । भदौ २० गते सम्पन्न क्यापिटलको सभाले इकाईधनीलाई दिने लाभांश पारित गरेको छ । कम्पनीले ५ प्रतिशत नगद लाभांश (करसहित) दिने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव सभाले पारित गरेको हो ।
सभाले कम्पनिको आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, सोहि आर्थिक वर्षको लेखापरिक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सो विवरणहरुसँग पारित गरेको छ।













