शंकर ग्रुप र भट्टको सेटिङमा नयाँ स्टक एक्सचेन्जको लाइसेन्स हिमालयन रिकै ग्रुपलाई दिने तयारी

काठमाडौं । शंकर ग्रुप तथा दीपक भट्टको समुहले घुस सेटिङमा स्थापना गरेको हिमालन रि इन्स्योरेन्सकै लगानीकर्ताहरुका टिमलाई नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिन लागेको खुलेको छ ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रमेश हमाल नयाँ स्टक एक्स्चेन्ज कम्पनी दर्ता गरेर अर्बौ रुपैयाँको सेटिङ गर्न लागेका छन् । माफियासँग मिलेर अर्थमन्त्री जनार्दन शर्माको राजनीति समाप्त गर्ने कांग्रेसी योजना अनुसार हमालले आरजु राणासँग मिलेर मापियालाई अघि सार्दै मन्त्री शर्मालाई घुस सेटिङमा अनावश्यक रुपमा मुछ्ने तयारी गरिरहेका छन् । सबोनका अध्यक्ष हमालले नेपालको कानुन बमोजिम भ्रष्टाचारी प्रमाणित भएका व्यक्तिसँगको उठबसले तालुकदार मन्त्रालयको नेतृत्व सम्हालेका जनार्दन शर्मा समेत नैतिक प्रश्न उठ्ने भएको छ ।

शंकर ग्रुप र दीपक भट्टको समुहले ‘प्रकाश’ नामक गरेको एक बिचौलियामार्फत हिमालयन रि इन्स्योरेन्सकै लगानीकर्ताहरुको टिम बनाएर नयाँ स्टक एक्स्चेञ्जको लाइसेन्स दिन तयारी सुरु गरिएको छ । शंकर ग्रुप र दीपक भट्टको टिमलाई लाइसेन्स दिने तयारी स्वरुप नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जका लागि धितोपत्र बजार सञ्चालन नियमावली, संशोधन गरी स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाईसकेको छ ।
अर्थ मन्त्रालयमा राम्रो प्रभाव भएका बिचौलियाको समुहले अर्थमन्त्री जनार्दन शर्माको चेन अफ कमाण्डमा घुसपैठ गरेर उक्त संशोधन पारित गर्न निश्चित भइसकेको छ । धितोपत्र बोर्डको संचालक समितिमार्फत पारित गरि पठाएको उक्त मस्यौदा पारित भएसँगै नयाँ नेप्से शंकर गुप्रलाई दिने बाटो खुल्ला हुनेछ ।
उक्त व्यवस्था शंकर ग्रुपकैै लागि संशोधन गरिएको सेबोनका एक अधिकारीले बताए । ‘पब्लिक वा प्राइभेट जुनसुकै योग्य संस्थागत लगानीकर्ताले लगानी गर्न पाउने व्यवस्था निर्धारण भएसँगै शंकर ग्रुपलाई नयाँ स्टक एक्सचेन्ज ल्याउन बाटो थप सहज गरिदिएको स्रोतले जनाएको छ ।
निजि क्षेत्रबाट पहिलो पटक हिमालयन रि–इन्स्योरेन्सको लाइसेन्स लिन सफल भएको समूहले नै पुनः नयाँ स्टक एक्सचेन्जको लिने तयारी गरिरहेको स्रोतले जनाएको छ । नयाँ स्टक एक्स्चेन्जको लाइसेन्सका लागि राजनीतिज्ञदेखि कर्मचारीहरुसम्म रुझाउने जिम्मा भने भट्टले नै जिम्मा लिईसकेका छन् । भट्टले हाल केही सञ्चार माध्यमहरुमा समेत रकम पुर्याइसकेको स्रोतको दावी छ । रकम पाएपछि सञ्चार माध्यमहरु समेत नयाँ स्टक एक्सचेन्जको विषयमा मौन जस्तै देखिएका छन् ।
नयाँ स्टक एक्सचेन्जको लाइसेन्सको पहिलो स्टेप धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ संशोधन गरी स्वीकृतिका लागि मन्त्रालय पठाउन भट्ट सफल भइसकेका छन् । हिमायन रि इन्स्योरेन्स लाईसेन्स हात पार्नए सफल भएका दीपक भट्टकै ईशारामा नयाँ स्टकको सम्पूर्ण तयारी भईसकेको सूत्रको भनाई छ ।
बीमा समिति अध्यक्ष, सञ्चालकदेखि कर्मचारीसम्म रुझाएर हिमालयन–रि इन्स्योरेन्सको लाइसेन्स लिन सफल शंकर ग्रुपले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छादेखि, पशुपति मुरारका, सतीशकुमार मोर, विकास दुगड, विवेक दुगडलगायतका व्यवसायीहरुलाई समेट्न सफल भएको थियो ।
नयाँ स्टक एक्सचेन्ज सञ्चालनमा ल्याउँदा अन्य व्यावसायिक घरानाबाट विरोध नहोस् भनेर हिमालयन–रिमा जस्तै नै उक्त समूहको अन्य प्रतिस्पर्धी समूहहरुलाई पनि समेट्न तयारीमा भइरहेको बुझिएको छ ।












