टिएमएसमार्फत ‘आइएमई पे’ छनोट गरी ब्रोकर सेयर खरिद गर्न चाहिने कोलेटरल लोड गर्न सक्ने

२२ भाद्र २०७९, बुधबार १८:५९

काठमाडौं । शेयर लगानीकर्ताले आफ्नो टिएमएसमार्फत ‘आइएमई पे’ छनौट गरी आफूले ब्रोकरलाई सेयर खरिद गरे बापत गर्नुपर्ने भुक्तानी साथै सेयर खरिद गर्न चाहिने कोलेटरल लोड गर्न सक्नेछन् ।हाल यो सुबिधा ३५ वटाभन्दा बढी ब्रोकरहरुमा उपलब्ध छ । आगामी दिनमा बाँकी ब्रोकरहरु पनि थपिने कम्पनीले जानकारी दिएको छ ।

टिएमएसमा धितो लोड गर्दा र फन्ड सेटलमेन्ट गर्दा आइएमई पे रोजी सजिलै कारोबार गर्न सकिने हुँदा यसले सेयर कारोबार गर्ने सबैलाई थप सहज हुने साथै भुक्तानी सेवाप्रदायक यसरी टिएमएसमा जोडिनुले नेपालको सेयर बजारलाई डिजीटाइज गर्न थप टेवा पुग्ने कम्पनीका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले उल्लेख गरेका छन् ।

यो भुक्तानी रियल–टाईममा हुने भएकोले ब्रोकर तथा सेयर लगानीकर्ता दुवैले ढुक्कै कारोबार गर्न सक्नेछन् । यो सुविधा प्रयोग गर्ने सेयर लगानीकर्तालाई हालको लागि कुनै सेवाशूल्क नलाग्ने गरी व्यवस्था मिलाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*