लाभांश प्रस्तावसहित प्रभु क्यापिटलले डाक्यो साधारण सभा
२३ भाद्र २०७९, बिहीबार ११:३६

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले १४औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ ६ गते बसेको सञ्चालक समितिको बैठकले सभा भदौ ३१ गते होटल एलफ्ट छाँया सेन्टर काठमाडौँमा दिनको १२ः३० बजे बस्ने निर्णय गरको हो ।
उक्त सभाले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ९ प्रतिशत लाभांश(कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसैगरी, आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७८।७९ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्नेछ ।
यसबाहेक सभामा आर्थिक वर्ष २०७९।८० को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ ।













