राष्ट्र बैंकद्धारा आजदेखि नयाँ नोट वितरण गर्न सुरु, कुन–कुन बैंकले पाए नयाँ नोट?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि बजारमा नयाँ नोट उपलब्ध गराएको छ । राष्ट्र बैंकले हिजोदेखि नै नयाँ नोट बजारमा उपल्ब्ध गराएको राष्ट्र बैंकका मुद्रा व्यवस्थापन विभागका प्रमुख रेवती नेपालले बताए ।
बैंकले दसैं तिहारका लागि उपलब्ध नयाँ नोट पहिलो चरणमा विकास बैंकहरुबाट सटही सुविधा उपलब्ध गराउन शुरु गरेको हो पहिलो दिन ७ वटा बैंक तथा वित्तिय संस्थालाई ३० करोड रुपैयाँ बराबरको नयाँ नोट सटही सुविधा प्रदान गरिएको उनले बताए ।
त्यस्तै, फाइनान्सलाई ३ करोड रुपैयाँ , विकास बैंकलाई ५ करोड रुपैयाँ र वाणिज्य बैंकलाई १० करोड गरि दैनिक ६, ७ वटा बैंक तथा वित्तिय संस्थालाई दिने तयारी भईरहेको उनले बताए ।सर्वसाधारणले सिधै भने यही भदौ २९ गतेदेखि नयाँ नोट साट्न पाउनेछन् । एक पटकमा एक व्यक्तिले बढीमा १८ हजार ५०० रुपैयाँ नयाँ नोट साट्न पाउने व्यवस्था गरिएपनि दोहो¥याएर साट्न आउनेलाई समेत कुनै रोकतोक नहुने नेपालले बताए ।
‘पैसा साट्ने सुविधा हो, कसले बढी र कसले घटी साट्यो भन्ने तथ्याङ्क राखिँदैन ।एक पटकका लागि १८ हजार ५०० रुपैयाँको सटही सीमा तोकिएपनि सोही व्यक्तिले भोलिपल्ट वा अरु दिन आएर फेरि सोही परिणाममा पैसा साट्न सक्ने उनले बताए ।













