उतारचढावकाबीच सामान्य अंकले घट्यो नेप्से, ६ उपसूचक चम्किदा कारोबारमा सुधार
२३ भाद्र २०७९, बिहीबार १५:१५

काठमाडौं । उचारचढावकाबीच बिहिबार शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से सूचक आज २.१३ अंकले घटेर १९३७ विन्दुमा कायम हुन पुगेको छ ।
शेयरबजार ओरालो लागेसँगै कारोबार रकम पनि घट्न पुगेको छ । बिहिबारको शेयरबजारमा एक अर्बको मात्रै कारोबार भएको छ । अघिल्लो दिन शेयरबजारमा कारोबार अर्बबाट करोडमा झरेको थियो । तुलनात्मक हिसाबमा आज कारोबार रकम केही माथि उक्लिएको छ ।
नेप्सेमा सूचीकृत २२७ कम्पनीको ३४ लाख १ हजार ६९२ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ४ करोड ४३ लाख रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, निर्जिवन र लगानी समूह बढेको छ भने सर्वाधिक अन्य समूहको १.३३ प्रतिशतले घट्न पुगेको छ ।













