बन्डमार्फत रकम संकलन गरेर ठूला लगानीका विशाल पूर्वाधार निर्माण गर्न सकिन्छः डेपुटी गभर्नर मिश्र

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले ऋणपत्र (बन्ड) जारी गरेर विविध क्षेत्रमा वृहत लगानी जुटाउन सकिने कार्यक्रममा बताएका छन्। काठमाडौंमा जारी ‘नेपाल लगानी सम्मेलन’ को ‘इन्नोभेटिभ फाइनान्सिङ फर इन्फ्रास्ट्रक्चर’ शीर्षको ‘बिजनेस सेसन’ मा उनले बैंकहरूले ५ खर्ब ८ अर्ब रुपैयाँबराबरको बन्ड निष्कासन गरी जलविद्युत, सहरी विकासलगायत ठूला औद्योगिक पूर्वाधारमा लगानी जुटाउन सकिने ठाउँ अझै रहेको बताएका हुन् ।
हालसम्म बैंकहरूले १ खर्ब ३० अर्ब रुपैयाँको बन्ड जारी गरिसकेको उनले बताए। । एउटै ठूलो आयोजनामा एउटै बैैैंकले अर्बौं लगानी गर्र्न सक्यो भनेर ‘कन्सोलिडेटेड’ नीति उनले बताए । ‘पूर्वाधारमा बैंकहरूको लगानी क्षमता बढाउन एकीकृत गर्न आवश्यक छ। बैंक मर्ज भएपछि एउटै बैंकले पूर्वाधारमा ठूलो रकम लगानी जुटाउन सक्नेछन्।’
ब्याजदर बढेका कारण केन्द्रीय बैंकले ‘फिक्स्ड’ ब्याजदरको व्यवस्था गरेको उनले बतए । १ हजार ७ सय ५० मेगावाट क्षमताका जलविद्युत आयोजनाको विद्युत खरिद–बिक्री सम्झौता (पिपिए) खुलेपछि थप ३ खर्ब ५० अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने उनको भनाइ छ।
उनका अनुसार थप लगानीका लागि बाहिरबाट ऋण लिन पाउने व्यवस्था खुलाइएको छ। सजिलैसँग पस्न र बस्न देऊ भन्ने नीतिमा लाग्नुपर्छ भन्ने नीति राष्ट्र बैंकको हो। सजिलैसँग पस्न दिने विदेशी ऋण विनियमावली बनाएर खुला गरी स्वीकृति लिन नआउनुपर्ने व्यवस्था छ।













