इमर्जिङ भेन्चर लिमिटेडमा साढे ६ करोड लगानी गर्दै इमर्जिङ नेपाल
२६ भाद्र २०७९, आईतवार ११:१६

काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले इमर्जिङ भेञ्चर लिमिटेडमा लगानी गर्ने भएको छ । कम्पनीले आज लगानी गर्न कबुल गरेको सूचना नेप्सेमा जानकारी गराएको हो ।
कम्पनीले कम्पनी ऐन २०६३ बमोजिम कम्पनी रजिष्ट्रार कार्यालय, त्रिपुरेश्वर काठमाडौंमा दर्ता भई भदौ २२ गते संस्थापना भएको इमर्जिङ भेन्चर लिमिटेड कम्पनीमा लगानी गर्ने भएको हो ।
कम्पनीले १०० रुपैयाँ दरले ६ लाख ५० हजार कित्ताका दरले हुन आउने ६ करोड ५० लाख रुपैयाँ लगानी गर्न कबुल गरेको जानकारी गराएको छ । साथै उक्त रकम कम्पनीले माग गरेको बखत भुक्तानी समेत गरिने कम्पनीले जनाएको हो ।













