७४ करोडको मात्रै कारोबार भएको शेयरबजारमा यी कम्पनीको शेयर भयो सर्वाधिक खरिदबिक्री
२६ भाद्र २०७९, आईतवार १५:०७

काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा ११ अंकको गिरावट आएको छ । प्रि–ओपनिङ सेसनमा सामान्य अंकले बढेको नेप्से सूचक मार्केट क्लोज हुने बेलासम्म ११ अंकले घटेर १९२६ को विन्दुमा कायम हुन पुगेको छ ।
नेप्से घटेसँगै आज शेयरबजारमा ७४ करोड रुपैयाँको मात्रै शेयर कारोबार भएको । सो रकम बराबरको कारोबार हुँद सर्वाधिक हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर खरिदबिक्री भएको छ ।
कम्पनीको आज एकैदिन ३ करोड ९५ लाख रुपैयाँमाथिको शेयर किनबेच भएको छ । त्यस्तै, नबिल बैंकको ३ करोड १७ लाख, रिडी हाइड्रोपावरको २ करोड ७५ लाख, अपि पावराके २करोड २२ लाख र एनटिसीको २ करोड ५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।














