नबिल बैंकमा झुम्मिए लगानीकर्ता, शेयरबजार घट्दा यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

२७ भाद्र २०७९, सोमबार १५:०६

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन ११ अंकले घटेको नेप्से सूचक आज १३ अंकले घटेर १९१२ को विन्दुमा कायम हुन पुगेको छ ।

प्रि–ओपनिङ सेसनमा झिनो अंकले नेप्से सूचक बढेपनि कारोबार बन्द हुँदासम्म १३ अंकले घट्न पुगेको हो । आज शेयरबजारमा कारोबार रकम अघिल्लो दिनको तुलनामा केही बढ्न पुगेको छ । आइबार ७४ करोडको मात्रै कारोबार भएको पुँजीबजारमा आज ८३ करोड १६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक नबिल बैंकको शेयर ४ करोड ७ लाख रुपैयाँमाथिको कारोबार भएको छ । नबिल बैंकको शेयर आज ०.५३ प्रतिशतले घटेको छ । मूल्य घट्दा आज लगानीकर्ताहरु सो कम्पनीको शेयर खरिद गर्न होम्मिएका हुन् ।

त्यस्तै, दोस्रोमा रिडी हाइड्रोपावरको २ करोड ७९ लाख, हिमालयन डिस्टिलरीको २ करोड ५६ लाख, अपि पावरको २ करोड २७ लाख र नेपाल पुनर्बीमा कम्पनीको २ करोड ५ लाख रुपैयाँमा माथिको कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*