शेयरबजारको ओरालो यात्राः नेप्से १३ अंकले घट्दा हाइड्रोपावर सूचक सर्वाधिक खस्कियो

२७ भाद्र २०७९, सोमबार १५:१७

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन ११ अंकले घटेको नेप्से सूचक आज १३ अंकले घटेर १९१२ को विन्दुमा कायम हुन पुगेको छ ।

प्रि–ओपनिङ सेसनमा झिनो अंकले नेप्से सूचक बढेपनि कारोबार बन्द हुँदासम्म १३ अंकले घट्न पुगेको हो । पछिल्लो समय शेयरबजारमा खासै उत्साह देखिएको छैन । ५३ लाख लगानीकर्ताको माग सम्बोधन हुन नसक्दा पुँजीबजार खस्किँदै गइरहेको छ ।

धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्ज खोल्ने तयारी गरिरहेको छ । केही लगानीकर्ताहरुले यस विषयमा समर्थन गरेका छन् भने केहीले विरोध गरेका छन् । नेप्सेमा सूचीकृत भएका कम्पनीहरु यसरी नयाँ स्टक खोलिँदा कम्पनीहरु भाँडिई पुँजीबजारको अवस्था झनै खस्किन सक्ने लगानीकर्ताहरुको भनाई छ ।

आज नेप्सेमा सूचीकृत २२५ कम्पनीको २६ लाख १३ हजार ५४० कित्ता शेयर किनबेच हुँदा ८३ करोड १६ लाख रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज म्युचुअल फण्ड सूचक बाहेकका सबै सूचक राताम्य छन् । सर्वाधिक हाइड्रोपावर सूचकको १.४३ प्रतिशतले घटेको छ भने अन्य समूहको १.७ प्रतिशत र फाइनान्स सूचकको १.०५ प्रतिशतले घट्न पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*