प्राइभेट कम्पनीले स्टक एक्सचेन्ज सञ्चालन गर्न पाउने, धितोपत्र बोर्डले सेटिङ बनाएको नियमावली मन्त्रिपरिषदबाट पारित

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार सञ्चालन सम्बन्धी नियमावली २०७९ जारी गरेको छ । आज जारी नियमावली अनुसार प्राइभेट कम्पनीले समेत स्टक एक्सचेन्ज सञ्चालन गर्न अनुमति पाउनेछन् ।
बोर्डले माफियाहरुको डिजाइनमा अघि बढाएको निजि कम्पनीले धितोपत्र सञ्चालन गर्न पाउने सम्बन्धी व्यवस्था प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदको बैठकले पारित गरेको हो ।

अर्थमन्त्री जनार्दन शर्मा समेतको मन्त्रिपरिषदको बैठक विवादास्पद नियामावली पारित गरेपछि अब माफियाहरुको डिजाइनमा करिब छ अर्ब रुपैयाँ घुस सेटिङ मिलाई नयाँ स्टक एक्सचेन्ज कम्पनी दर्ता हुनेछ । नयाँ स्टक एक्सचेन्ज कम्पनी दर्ता गर्न यसअघि हिमालयन रि इन्स्योरेन्स कम्पनीका लगानीकर्ताहरुको समुह, शेयर लगानीकर्ता अम्बिका पौडेलसहितको टोली तयारी अवस्थामा रहेको बुझिएको छ ।
कूल तीन अर्ब चुक्ता पुँजि रहने नयाँ प्राईभेट कम्पनीले लाइसेन्स लिन छ अर्ब रुपैयाँ घुस मात्रै खुवाउने तयारी गरिरहेको स्रोतको दावी छ । स्रोतका अनुसार माफियाको गिरोहले प्रति शेयर ३०० रुपैयाँको दरले रकम संकलन गर्ने कार्य भइरहेको छ ।













