सानिमा क्यापिटलले डाक्यो साधारण सभा, १५ प्रतिशत लाभाांश प्रस्ताव मुख्य एजेण्डा

२९ भाद्र २०७९, बुधबार १०:३७

काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ २७ गते बसेको संचालक समितिको बैठकले सभा असोज २६ गते कम्पनीको रजिष्टार्ड, कार्यालय, सममार्ग, नक्सान–१, काठमाडौंमा बेलुका ४ बजे बस्ने निर्णय गरेको हो ।

उक्त सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम चुक्तापुँजीको १५.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै संचालक समितिको वार्षिक प्रतिवेदन, २०७९ साल असार मसान्तसम्मको वासलात, आव २०७८।७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरी पारित गर्नेछ ।

साथै आव २०७९।८० को लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*