एभरेष्ट बैंकको ७% अग्राधिकार शेयर साधारण शेयरमा परिवर्तन हुने, सो शेयरको लाभांश बुझिलिन आग्रह

३१ भाद्र २०७९, शुक्रबार १०:३७

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ७ प्रतिशत अग्राधिकार शेयर साधारण शेयरमा परिणत हुने भएको छ । बैंकले आज एक सूचना जारी गर्दै शेयर परिवर्तन हुने जनाएको हो ।

बैंकबाट जारी गरिएको साधारण शेयरमा परिणत हुने ७ प्रतिशत अग्राधिकार शेयर जारी गर्दा प्रकाशित विवरण पत्रमा उल्लेख भएबमोजिम उक्त शेयर हरेक ३–३ वर्षमा २०% का दरले साधारण शेयरमा परिणत गर्नुपर्ने भएकोले उक्त अग्राधिकार शेयरको कारोबार यहि असोज ६ गतेसम्म हुने र सो पश्चात् सो शेयरको सूचीकरण खारेज हुने बैंकले जनाएको छ ।

साथै उपत्यकाभित्र रहेका शेयरधनीहरुले एभरेष्ट बैंकको केन्द्रीय कार्यालय, लाजिम्पादट, काठमाडौं र उपत्यका बाहिर रहेका शेयरधनीहरुले बैंकको पायक पर्ने शाखा कार्यालयमार्फत भौतिक रुपमा कायम अग्राधिकार शेयरको सक्कल प्रमाणपत्र तथा डिम्याट खाताको विवरण उपलब्ध गराईदिन तथा हालसम्म पनि उक्त शेयरबाट प्राप्त नगद लाभांश लिन बाँकी भएका शेयरधनीहरुले बैंकको शेयर शाखामा सम्पर्क राखी लाभांश रकमको भुक्तानी लिन समेत बैंकले आग्रह गरेको छ ।

 

6323eebe9c68d.JPG

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*