सनराइज बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ?

३१ भाद्र २०७९, शुक्रबार ११:४३

काठमाडौं । सनराइज बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भोलि (असोज १ गते) देखि लागू हुनेगरी नयाँ ब्याजदर आज प्रकाशन गरेको हो ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार बचत खातामा न्यूनतम ७.१३ प्रतिशत ब्याजदर र अधिकतम १०.१३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । त्यस्तै, मुद्दती खातामा न्यूनतम ३.९० प्रतिशत ब्याजदर देखि अधिकतम १४.१३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

साथै बैंकले एफसीवाई सेभिङ्ग प्रोडक्ट अन्तर्गत न्युनतम २.४० प्रतिशत ब्याजदेखि अधिकतम ६.२० प्रतिशतसम्म ब्याज दिने भएको छ । यसका साथै सनराइज एनआरएन एफसीवाई सेभिङ्ग प्रोडक्स अन्तर्गत बैंकले न्युनतम २.४० प्रतिशत देखि अधिकतम ६.२० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*