नेप्सेमा दुई लघुवित्तको शेयर कारोबार रोक्का

२ आश्विन २०७९, आईतवार १०:३२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई लघुवित्तको शेयर कारोबार रोक्का गरिदिएको छ ।

साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडीसी लघुवित्त वित्तीय संस्थाबीच एकआपसमा गाभिन वा मर्जरमा जाने सम्झौता भएसँगै नेप्सले यी दुई संस्थाको शेयर कारोबार रोक्का गरिदिएको हो ।

यी दुई लघुवित्तबीच १००ः८७ को अनुपातमा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । मर्जरपछि बन्ने संस्थाको पुँजीकोष ७ अर्बभन्दा बढी हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*