आरएमडीसी लघुवित्तका सिइओ ज्योतिचन्द्र ओझाको कार्यकाल थप

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा ज्योतिचन्द ओझाको कार्यकाल थप गरिएको छ ।
उनको कार्यकाल यहि असोज १ गतेदेखि समाप्त हुने भएको हुँदा संचालक समितिको भदौ ३१ गते बसेको बैठकले उनको कार्यकाल केही समयको लागि थप गरिएको हो ।
आरएमडीसी लघुवित्त र साना किसान विकास लघुवित्तबीच एक आपसमा मर्जरमा जाने सम्झौता कार्यलाई सहजता प्रदान गर्ने प्रयोजनको लागि सो मर्जर काम सम्पन्न भएपछि मर्जर हुँदा व्यवस्था भएअनुसार हुने गरी संस्थाका सिइओ ओझालाई अजो १ गतेदेखि लागू हेनगरी आगामी ६ महिनाको लागि कार्यकाल थप गरिएको हो ।
आरएमडीसी लघुवित्त र साना किसान विकास लघुवित्तबीच शनिबार १००ः८७ को स्वाप रेसियोमा एकआपसमा मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।













