नबिल बैंकको ‘दशैं तिहार घर कर्जा धमाका’ बजारमा
२ आश्विन २०७९, आईतवार १४:३०

काठमाडौं । आसन्न चाडपर्वलाई लक्षित गर्दै नबिल बैंकले ‘दशैं तिहार घर कर्जा धमाकाÞ’ नामक आवास कर्जा योजना ल्याएको छ । उक्त योजनामा बैंकले आकर्षक ब्याजदरका साथै प्रशासनिक शुल्कमा छुट तथा निः शुल्क क्रेडिट कार्ड योजना ल्याएको हो ।
उक्त धमाकामा आवास कर्जा घर खरिद, घर निमार्ण, तल्ला थप, रंग रोगनका लागि उपलब्ध गरिएको छ । बैंकका अनुसार पहिलो घर खरिदकर्ताका लागि घरको मुल्याङ्कनको ७० प्रतिशत सम्म कर्जा लिन सक्ने प्रावधान रहने र सामान्य अवस्थामा ६० प्रतिशत सम्म कर्जाको व्यवस्था गरिएको छ ।
३५ वर्ष सम्मकोे कर्जा अवधि सुविधा भएको यस आवास कर्जामा सरल र सानो किस्ताबाट विस्तारै कर्जा चुक्ता गर्ने सुविधा पनि नबिल बैंकले प्रदान गरेको छ । यो योजना सिमित अवधिका लागि ल्याइएको पनि बैंकले जनाएको छ ।













