राष्ट्रिय वाणिज्य बैंकद्धारा एक कर्मचारीलाई बरखास्त

३ आश्विन २०७९, सोमबार ११:०७

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका एक कर्मचारी बैंकको सेवाबाट बञ्चित भएका छन् । बैंकले जलेश्वर शाखा कार्यालयमा कार्यरत सहायक अनिल कुमार चौधरीलाई बैंकको सेवाबाट हटाएको हो ।

बैंकको निर्णयअनुसार कर्मचारी सेवा विनियमावली २०७० को विनिमय ४५ को उपविनिमय (४) बमोजिम बिदा स्वीवकृत नगराई ९० दिनभन्दा बढी समय कार्यालयमा अनुपस्थित रहेका महोत्तरी जिल्ला, औरही नगरपालिका वडा नं. १ का चौधरीलाई गयल खारेज गरी कार्यालयमा अनुपस्थित रहेको मिति गत असोज २२ गतेदेखि लागू हुनेगरी बैंकको सेवाबाट हटाइएको हो ।

साथै उनलाई बैंकको नोकरीका लागि अयोग्य नठहरिने गरी राष्ट्रिय वाणिज्य बैंकको सेवाबाट हटाइएको बैंकले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*