राष्ट्र बैंकद्धारा नियमविपरित प्रिमियम बढाएर लिएको ब्याज फिर्ता गर्न बैंकहरुलाई निर्देशन

३ आश्विन २०७९, सोमबार १७:३४

काठमाडौं । नेपाल  राष्ट्र बैंकले गत आर्थिक वर्ष २०७८/७९ मा कर्जा सम्झौता गर्दाको भन्दा प्रिमियम बढाएर कर्जाको ब्याजदर बढाएका बैंकहरुलाई राष्ट्र बैंकले ब्याजदर फिर्ता गर्न निर्देशन दिएको छ। विगतमा न्यूनतम बिन्दु र अधिकतम बिन्दूको सीमा दिने गरेका बैंकहरूले पछिल्लो समय भने एकै पटक अधिकतम सीमा मात्रै दिन थालेका छन्।

ब्याजको आधारदरमा जोडेर लिइने प्रिमियममा जथाभावी गर्न थालेपछि ऋणीहरू समस्यामा पर्ने गरेको गुनासो गर्छन् । विगतमा समय–समयमा प्रिमियम बढाएर लाभ लिने बैंकरहरूले राष्ट्र बैंकको पछिल्लो निर्देशनसँगै  प्रिमियम कस्न सुरु गरेको छ।

बैंकहरुले विगतमा अधिकतम ७ प्रतिशतसम्म रहेको प्रिमियम दर अहिले बढाएर साढे ८ प्रतिशतसम्म पुराईसकेका का छन्। बैंकहरुले प्रिमियम दर बढे पनि बैंकहरूले स्प्रेड रेट कायमै राखेको दाबी गर्दै आएका छन्। बैंकहरुको यस्तो बदमासीको कारण आगामी दिन थप जोखिम हुने देखिने विज्ञहरुको धारणा रहेको छ ।

बैंकहरुको ऋण सम्झौतामा भएको भन्दै प्रिमियम बढाएर ऋणीसँग ब्याज असुल गर्ने बैंकलाई राष्ट्र बैंकले ब्याजदर फिर्ता गरेर वित्तीय विवरण नै सच्याएर ल्याउन समेत आग्रह गरिसकेको छ।आर्थिक वर्ष सकिएको दुई महिना बितिसक्दा पनि राष्ट्र बैंकले कुनै पनि बैंकको वार्षिक वित्तीय विवरण स्वीकृत भएका छैनन् । हाल एक दर्जन बढी वार्षिक वित्तीय प्रतिवेदन राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागमा पुगेको राष्ट्र बैंकले जनाएको छ।

तर, सुपरीवेक्षण विभागले बैंकहरुको वित्तीय विवरण अध्ययन गर्दा ‘अनसाइट’ र ‘अफसाइट’ सुपरभिजनका क्रममा दिएको निर्देशन पालना नगर्ने बैैंकलाई वित्तीय विवरण स्वीकृतिका क्रममा पालना गर्न निर्देशन दिएका छन् । निर्देशन नगर्ने कम्पनीहरुको वित्तिय विवरण पुनः बैंकमा नै फिर्ता पठाउने काम भईरहेको राष्ट्र बैंकले जनाएको छ। ग्राहकबाट बढी प्रिमियम लिएको भन्दै नेपाल राष्ट्र बैंकले आठवटा वाणिज्य बैंकलाई ग्राहकको खातामा नै रकम फिर्ता गर्न निर्देशन दिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*