भदौ महिनामा वाणिज्य बैंकहरुको निक्षेप ५२ अर्बले बढ्यो, कुनको कति ?

काठमाडौं । भदौ महिनामा वाण्ज्यि बैंकहरुले ४४ खर्ब ८५ अर्ब निक्षेप संकलन गरेका छन् । यस महिनामा बैंककरुको निक्षेपमा सुधार देखिएको छ ।
नेपाल बैंकर्स संघले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार वाणिज्य बैंकहरुले भदौ महिनासम्म पौने ४५ खर्ब निक्षेप संकलन गरेका हुन् । अघिल्लो महिना अर्थात् साउन मसान्तसम्म वाणिज्य बैंकहरुले ४४ खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । एक महिनाको अन्तरालमा कमर्सियल बैंकहरुको निक्षेप ५२ अर्ब १५ अर्ब रुपैयाँले सुधार देखिएको हो ।
जसमा सबैभन्दा बढी सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले निक्षेपमा सुधार गरेको छ । भदौ महिनासम्म बैंकले २ खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । अघिल्लो महिनामा बैंकले २ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो ।
त्यस्तै, नबिल बैंकले पनि सो भदौ मसान्तसम्म ३ खर्ब ३१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकर्स संघका अनुसार नबिल बैंकको निक्षेप एक महिनाको अन्तरालमा ५ अर्ब रुपैयाँ बढेको छ । अघिल्लो महिना बैंकले ३ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो ।
त्यस्तै भदौ महिनासम्म बैंकहरुले कुल ४१ खर्ब ९० अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । भदौ महिनामा वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह १३ अर्ब रुपैयाँले बृद्धि भएको हो । अघिल्लो महिना साउनमा बैंकहरुले कुल ४१ खर्ब ७७ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए ।














