राष्ट्र बैंकद्धारा आठवटा वाणिज्य बैंकलाई ग्राहकबाट बढी प्रिमियम लिएको भन्दै रकम फिर्ता दिन निर्देशन

४ आश्विन २०७९, मंगलवार १८:२४

काठमाडौं । नेपाल राष्ट्र बैंकले ग्राहकबाट बढी प्रिमियम लिएका बैंकहरुलाई पुनः खाता नै रकम फिर्ता गर्न निर्देशन दिएको छ । राष्ट्र बैंकले आठवटा वाणिज्य बैंकलाई खातामा नै रकम फिर्ता गर्न निर्देशन दिईसकेको छ। राष्ट्र बैंकले कुमारी बैंक, सिद्धाथ बैंक, मेगा बैंक, सनराइज बैंक, ग्लोबल आइएमई बैंक, सिटिजन्स बैंक र बिओकेलाई ग्राहकबाट उठाईएको रकम पुनः फिर्ता गरिदिन निर्देशन दिएको छ ।

यी आठ बैंकहरुले न्यून्तम सात करोडदेखि साढे १ अर्ब रुपैयाँसम्म फिर्ता गनुपर्ने राष्ट्र बैंकले जनाएको छ। बैंकहरुले प्रिमियम बढी असुलेको भन्दै पिडितहरुले राष्ट्र बैंकको गुनासो गर्ने पोर्टलमा गरेका थिए। उक्त गुनासो बमोजिम यस्तो निर्देशन दिन लागिएको राष्ट्र बैंकले जनाएको छ ।

हाल यी बैंकहरुको अध्ययन गर्दा यस्तो समस्या देखिएको र बाँकि अन्य बैंकहरुमा पनि देखिएमा यो निर्देशन बमोजिम नै फिर्ता पठाउने तयारीमा रहेको केन्द्रिय बैंकले जनाएको छ। बैंकहरुमा पछिल्लो समय नाफामा धेरै देखाँउदै यस्तो गर्ने गरेको पिडित ऋणीहरुको भनाई रहेको छ । बैंकहरुको ज्याजती बढ्न थालेपछि पिडित ऋणीहरुले राष्ट्र बैंक नै पुगेर उजुरी दिन थालेका छन् । ग्राहकहरुको धारणालाई समेत सम्बोधन गर्दै बैंकहरुको ज्याजदी रोक्न राष्ट्र बैंक सधै तयार रहेको राष्ट्र बैंक प्रतिवद्ध रहेको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*