नाडामा नबिलको आकर्षक योजना तुरुन्तै कर्जा स्वीकृत प्रमाणपत्र पाइने
४ आश्विन २०७९, मंगलवार १८:४१

काठमाडौं – नबिल बैंकले चाडपर्वलाई लक्षित गर्दै इलेक्ट्रिक गाडी कर्जाको विशेष योजना ल्याएको छ । बैंकले यही असोज ६ गते देखि असोज ९ गते सम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुन गइरहेको NADA EV Expo 2022 मा सहभागी हुुँदै आफ्ना ग्राहकहरुलाई निःशुल्क क्रेडिट कार्ड तथा ऋण प्रसाशनिक शुुल्कमा विशेष छुट उपलब्ध गराउने भएको छ।
वातावरण तथा दिगो विकासका लागि विद्युतीय सवारीसाधनको आवश्यकता रहेकोले यस्तो आकर्षक अफर ल्याएको बैंकले जानकारी गराएको छ । यस नाडा ईभी एक्सपो अन्तर्गत बैंकको स्टल नं. G-12 मा ग्राहक वर्गलाई तत्काल ऋण मुुल्यांकन गरी कर्जा स्वीकृती पत्र शर्तहरु लागु हुने गरी प्रदान गर्ने सुविधा ल्याएको र्बैंकले जनाएको छ।













