सान्जेन जलविद्युतको आईपीओमा आवेदन दिने म्याद थप

४ आश्विन २०७९, मंगलवार १९:४१

काठमाडौं । सान्जेन जलविद्युत कम्पनीले भदौ ५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको कम्पनीको बिक्रि प्रबन्धकले जनाएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा अब असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रमा बासिन्दाहरुको लागि निष्काशन गरिरहेको शेयर निष्काशन खुला रहने अवधी १५ कार्य दिन थप गरिएको जनाएको छ । यस बीचमा दशैंको विदा पर्ने भएको भएकोले आयोजना प्रभावित स्थानीय वासिन्दाले असोज ३० गतेसम्म आवेदन दिन सकिनेन् ।

कम्पनीले स्थानिय बासिन्दाहरुका लागि छुट्याइएको १० प्रतिशत अर्थात ३६ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो । सो शेयरमा अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका वडा नं। ५ चिलिमे, प्रभावित वर्ग आयेजनाले निर्माण गर्ने प्रसारण लाइनबाट प्रभावित हुने आमाटादिङमो गाउँपालिका वडा नं। ४ गोल्जुङ, सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरु १, २, ३ तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लावासीहरुका बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

निष्काशन गरिएको कुल १० प्रतिशत शेयरमा अति प्रभावित क्षेत्र, प्रभावित क्षेत्र, सामान्य प्रभावित क्षेत्र र न्यून प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि क्रमशः ४.२५ः३ः१.५ः१ अनुपातमा बाँडफाँट गरिने जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*