सनराइज म्युचुअल फण्डद्धारा इकाईधनीको खातामा लाभांश जम्मा
६ आश्विन २०७९, बिहीबार १०:१७

काठमाडौं । सनराइज म्युचुअल फण्डले आफ्ना इकाईधनीको खातामा नगद लाभांश जम्मा गर्न सुरु गरेको छ । फण्डले गत वर्षको मुनाफाबाट कर सहित १२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । सोहि लाभांश बिहीबारदेखि इकाईधनीको खातामा पठाउन थालेको हो ।
म्युचुअल फण्डले इकाईधनीहरुलाई कुल १० करोड ३२ लाख रुपैयाँ बराबर लाभांश वितरण गर्ने छ । इकाई धितो राखेर कर्जा लिएका इकाईधनीले धने बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र बुझाएपछि मात्रै उक्त लाभांश पाउने सनराइज क्यापिटलले जनाएको छ ।













