उतारचढावकाबीच शेयरबजारमा झिनो अंकको गिरावट, करोडमा झर्यो कारोबार

६ आश्विन २०७९, बिहीबार १५:१४

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहिबार शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । उतारचढावकाबीच आज नेप्से परिसूचक ८.८३ अंकले घटेर १८३८ को विन्दुमा कायम हुन पुगेको छ ।

अघिल्लो दिन शेयरबजारमा एकाएक ११ अंकको सुधार देखिएको थियो । बैंकहरुको ब्याजदर परिमार्जनले सुधार देखिएको नेप्से आज फेरी सामान्य अंकले घट्न पुगेको छ ।

नेप्सेमा सूचीकृत २२९ कम्पनीको २५ लाख ४२ हजार ८९९ कित्ता शेयर किनबेच हुँदा आज ६५ करोड ५७ लाख रुपैयाँमाथिको मात्रै कारोबार भएको छ । लगानीकर्ताहरुको उत्साह घटेसँगै आज कारोबार रकम समेत अर्बबाट करोडमा झरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*