नेप्सेमा सानिमा इक्विटी फण्डको इकाईमूल्य समायोजन

६ आश्विन २०७९, बिहीबार १६:२८

काठमाडौं । नेपाल स्टक एक्सेचञ्ज (नेप्से)मा सानिमा इक्विटी फण्डको इकाईमूल्य समायोजन भएको छ । फण्डले २२ प्रतिशत लाभांश वितरणका लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले फण्डको इकाईमूल्य समायोजन गरेको हो ।

आज शेयरबजारमा बन्द हुनुभन्दा कायम १२ रुपैयाँ ३९ पैसाका आधारमा लाभांश वितरणपछिको इकाईमुल्य १० रुपैयाँ १९ पैसा कायम गरेको छ । सोही मूल्यका आधारमा नै आइतबार कारोबार खुल्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*