अग्नि ग्रुपद्धारा नाडा विद्युतीय सवारीसाधन अटो एक्स्पोमा महिन्द्राका नयाँ विद्युतीय गाडी सार्वजनिक

काठमाडौं । काठमाडौं । नेपालका लागि महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको प्यासेन्जर भेहिकलहरुको आधिकारीक वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नी इजर्नीले यस पटकको नाडा इभि एक्स्पो २०२२ मा महिन्द्राको पछिल्लो उत्पादन महिन्द्रा ट्रीयो झोर नेपाली बजारमा ल्याएको छ ।
ट्रीयो झोर एक क्रान्तिकारी नयाँ इलेक्ट्रिक थ्री–व्हीलर पिकअप हो । जुन कार्गो खण्डमा र अन्तिम माइल डेलिभरीलाई पुनः परिभाषित गरेको छ । महिन्द्रा ट्रीयो झोर उत्कृष्ट ग्राहक मूल्य प्रस्ताव प्रदान गर्न अन्याधुनिक प्रविधिको साथ विकसित गरिएको छ र प्रत्येक ग्राहकको आवश्यकता पूरा गर्न ३ भेरियन्टमा उपलब्ध रहेको छ । अतुलनीय बृद्धिशील बचत, उद्योगमा उत्कृष्ट कार्यसम्पादन र उन्नत लिथियम–आयन प्रविधि जस्ता हाइलाइटहरुका साथ, ट्रीयो झोर कार्गो खण्डमा गेम चेन्जर हुन तयार भएर आएको छ ।
यस पटकको नाडा इभि एक्स्पोमा अग्नी इजर्नीले महिन्द्रा इलेक्ट्रिक ३ पांग्रे ट्रीयो ई–रिक्शा, ट्रीयो अटो र नयाँ महिन्द्रा इलेक्ट्रिक ट्रीयो पिकअप अवलोकन गर्न पाएका छन् । नेपालको ठूला चाडपर्वहरु विश्वकर्मा पूँजा, दशैं, तिहार र छठलाई लक्षित गर्दै यी तीन इलेक्ट्रिक सवारी साधनहरुमा स्क्र्याच कार्डमार्फत आकर्षक नगद पुरस्कारहरु र एक लाख रुपैयाँसम्मको बम्पर पुरस्कारहरु समेत राखिएको छ । यो योजना महिन्द्रा इलेक्ट्रिक ३ पांग्रे ट्रीयो ई–रिक्शा, ट्रीयो अटो र पिकअप खरिद गर्नका लागि असोज १ गतेदेखि कात्तिक १५ गतेसम्म लागू हुनेछ ।
कम्पनीका अनुसार ‘नाडा इभि अटो एक्स्पो २०२२’मा अग्नी इनर्जीले भारतीय बजारमा सार्वजनिक भएको छोटो समयमा नै आफ्नो अलग्गै पहिचान बनाउन सफल यो नयाँ इलेक्ट्रिक थ्री–व्हीलर पिकअप गाडीले नेपाली बजारमा निकै नै राम्रो बजार विस्तार गर्ने आशा लिएको छ । साथै यस भेहिकल्सले नाडा इभि एक्स्पो २०२२ मा सबैको ध्यान खिच्ने समेत कम्पनीले अपेक्षा लिएको छ ।













