सिटिजन्स इन्टरनेसनल बैंक बन्यो लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक, कति दिँदैछ नगद लाभांश ?

काठमाडौं । सिटिजन्स इन्टरनेसनल बैंक आर्थिक वर्ष २०७८र७९ का लागि लाभांश घोषणा गर्ने पहिलो वाणिज्य बैंक बनेको छ। बैंकको सञ्चालक समितिको आज बसेको बैठकले लाभांश प्रस्ताव गरेको छ। बैंकले सेयरधनीलाई आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट ९ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।
सञ्चालक समितिको बैठकले प्रस्ताव गरेअनुसार आर्थिक वर्ष २०७८–७९ को वितरणयोग्य मुनाफाबाट २०७९ असार मसान्तको चुक्तापुँजी रु। १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको ९ प्रतिशतले हुने १ अर्ब २७ कराड ८० लाख ८७ हजार ६६१ रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ।












