राष्ट्र बैंकद्धारा अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली, २०७९ को मस्यौदा तयार, सुझाव मागियो

६ आश्विन २०७९, बिहीबार १९:५४

काठमाडौं । नेपाल राष्ट्र बैंकले अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली, २०७९ को मस्यौदामा सुझाव दिन आग्रह गरेको छ ।

आज एक सूचना जारी गर्दै राष्ट्र बैंकले विनियमावलीको मस्यौदा तयार भएको भन्दै बैेंक ऐन, २०५८ को दफा ५ को उपदफा (१) को खण्ड (ज) मा नेपाल राष्ट्र बैंकको काम, कर्तव्य र अधिकारअन्तर्गत वाणिज्य बैंक तथा वित्तीय संस्थाको बैंक तथा अन्तिम ऋणदाताका रुपमा कार्य गर्ने बिषयमा मस्यौदामा उल्लेख गरेको छ ।

सोही ऐनको दफा ४९ को उपदफा (२) बमोजिम नेपाल राष्ट्र बैंकले अन्तिम ऋणदाताको रुपमा कार्य गर्नुपर्ने अवस्थामा आफ्नो भूमिका निर्वाह गर्न वाञ्छनीय भएकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ११० को उपदफा (२) को खण्ड (ण) ले दिएको अधिकार प्रयोग गरी यो विनियमावली तर्जुमा गरी लागू गरिने केन्द्रीय बैंकले जनाएको छ।

यससँगै राष्ट्र बैंकले उक्त मस्यौदामा सरोकारवाला व्यक्ति तथा निकायसँग उक्त सुझाव मागसमेत गरेको छ। राष्ट्र बैंकले उक्त मस्यौदा परिमार्जन गर्न आवश्यक भएमा १५ दिनभित्र पत्रमार्फत वा राष्ट्र बैंकको यस विभागको सम्बन्धीत मेलमा पठाउन आग्रह गरेको छ ।

अन्तिम ऋणदाता सुविधासम्बन्धी विनियमावली, २०७९ को मस्यौदा तयार सहित, 

LOLR-with-cover-letter

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*