निफ्राको लाभांश घोषणा, कति दिँदैछ नगद लाभांश ?
७ आश्विन २०७९, शुक्रबार १२:१७

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट करसहित ४।२१०५५ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश अर्थमन्त्रालयको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुने कम्पनीले जानकारी गराएको छ ।













