अभियान लघुवित्तको आइपीओ नेप्सेमा सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?
७ आश्विन २०७९, शुक्रबार १३:२५

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा अभियान लघुवित्त वित्तीय संस्था लिमिटेको साधारण शेयर (आइपीओ) सूचीकृत भएको छ । कम्पनीको आइपीओ आज ‘एभिवाइएएन’ सिम्बोलबाट सूचीकृत भएको हो ।
कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल २५ लाख कित्ता आइपीओ सूचीकृत भएको हो । सूचीकृत पश्चात उक्त शेयर आइतबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।
कम्पनीको आइपीओले पहिलो कारोबारका लागि १०५ रुपैयाँ ६६ पैसादेखि ३१६ रुपैयाँ ९८ पैसासम्म ओपनिङ रेञ्ज पाउने देखिएको छ । नेप्सेले जुन कुनै कम्पनीको आइपीओ पहिलो कारोबारका लागि कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थको आधारमा तोक्ने गर्दछ । सोही नेवटर्थको आधारमा लघुवित्तले उक्त रेञ्ज पाउने देखिएको हो ।














